ओप्पो सेल्फी एक्स्पर्ट एफ थ्रि बजारमा

0
Shares

काठमाडौं, (नेस)
ओप्पो क्यामेरा फोनले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउने सोचका साथ सेल्फी एक्स्पर्ट एफ थ्रि सार्वजनिक गरेको छ। एफ थ्रि प्लसपछि सार्वजनिक गरिएको मध्यम वर्गीय उपभोक्ता लक्षित डुअल फ्रन्ट क्यामेरासहितको यो फोन गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन भएको कम्पनीले जनाएको छ।

सार्वजनिक गरिएको नयाँ फोनमा १६ मेगा पिक्सेलको डुअल फ्रन्ट क्यामेरा रहेका छन्। फोनमा एकल सेल्फी र गु्रप सेल्फीका लागि उपर्युक्त वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ।

फोनमा रहेको सिक्सपी लेन्सले न्यूनतम डिस्टोर्सनका साथ उच्च श्रेणीका व्यावसायिक गुणस्तरका तस्वीर लिन सघाउने दाबी गरिएको छ। एकल वा व्यक्तिगत सेल्फीका लागि एफ थ्रिमा १६ मेगा पिक्सेल रिजलुसन, १⁄३ इन्च सेन्सर र ठूलो एफ⁄२ एपर्चरको फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ।

उज्यालो ब्याकग्राउन्ड भएका स्थान तथा कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्वीर लिन सकिनेछ। फोनमा १⁄३ इन्च सेन्सर र पीडीएएफ प्रविधिसहितको १३ मेगा पिक्सेल क्षमता भएको रियर क्यामेरा पनि उपलब्ध छ।

ड्युयल सिम फोनमा ओक्टा–कोर प्रोसेसर ४ जीबी र्याम र ६४ जीबी रोम उपलब्ध गराएको छ। ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान फोनमा फिङगर प्रिन्ट रिडर छ। ५ दशमलब ५ इन्चको पातलोयस फोनको मूल्य ३४ हजार ४ सय ९० रुपियाँ रहेको कम्पनीले जनाएको छ।

Skip This