परदेशीको पीडामा भिडियो

94
Shares

बिस्टार प्रालिको निर्माण र संगम डिजिटलको प्रस्तुतिमा गीति अडियो एल्बम आमा बजारमा आएको छ।

सानु गुरुङ बार्पाकीको यस एल्बममा रहेको गीतमा लय शब्द, स्वर तथा संगीत पनि उनकै रहेको छ। परदेशीको कथामा आधारित यस गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियोमा कलाकार रश्मी भट्टका साथमा मोडल तथा सर्जक सन्देश शर्माको प्रमुख भूमिका रहेको छ। भिडियोमा रश्मी र सन्देश आमाछोराको भूमिकामा देखिएका छन्। परदेशीको पीडा समेटिएको मर्मस्पर्शी गीतमा धन कमाउन बिदेसिएको छोरा बाकसमा फर्किंदाको आमाको पीडा देखाइएको छ। लोक लयमा रहेको गीतको भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् भने छायांकन वासु बरालको रहेको छ।