दीपकलाई अमेरिकाबाट फेरि पौने पाँच लाख सहयोग


लामो समयदेखि घाँटीको समस्या भई श्वासले बोल्न बाध्य तथा हालै मात्र घाँटीको क्यान्सर भएको डाइगनोसिस गर्रिका अभिनेता दीपक क्षत्रीको उपचारका लागि अमेरिकाबाट फेरि सहयोग प्राप्त भएको छ।

अमेरिकामा रहेका नेपाली कलाकर्मीको पहलमा उपचार सहयोगार्थ सञ्चालित आर्थिक संकलन अभियानअन्तर्गत कुल ९ लाख ७० हजार रुपियाँ संकलन भएको थियो।

यो रकमलाई दुई चरण गरेर उपलब्ध गराउने निर्णयबमोजिम पहिलो चरणमा रु ५ लाख रुपियाँ गत वैशाख ३ गते प्रदान गरिएको थियो भने दोस्रो चरणअन्तर्गत बाँकी ४ लाख ७० हजार रुपियाँ शुक्रबार अभिनेत्री तथा निर्मँत्री करिश्मा मानन्धरले हस्तान्तरण गरिन्।