अस्ट्रेलियामा बन्यो भिडियो


उच्च शिक्षाका लागि विदेश पगेका नेपाली युवा–युवतीहरुको प्रेम जीवनलाई चित्रण गरिएको गायक शिव श्रेष्ठको स्वरको पप गीत गल्ति मेरोको म्युजिक भिडियोले सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएलगत्तै कम समयमै यसले दर्शकको मन पनि जितेको छ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो। भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने दर्शाइएको छ। चोखो माया गर्ने व्यक्तिलाई झुक्किएर पनि धोका दिनु हुन्नु कसैबाट धोका पाइयो भने कुलतमा फस्नुको साटो धोकालाई नै शक्तिमा परिवर्तन गर्न सक्यो भने भविष्य उज्वल बन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोलाई अस्ट्रेलियामै बसोबास गर्ने निर्देशक तथा फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन्।
लम्जुङमा जन्मिएका गायक शिव श्रेष्ठको गल्ति मेरो गीतको म्युजिक भिडियोमा प्रस्तुत कथावस्तुले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको प्रेम जीवनलाई चित्रण गरेको छ। यही भिडियोमार्फत अजय तामाङले अभिनयमा डेब्यु गरेका छन्। अजयलाई रुबिना श्रेष्ठ तथा दिलिप पौडेलले अभिनयमा साथ दिएका छन्। भिडियोलाई टेक बयलकोटीले छायांकन गरेका हुन् भने सुदिप श्रेष्ठ यसका सम्पादक हुन्।

विक्रमराज श्रेष्ठको शब्दको यो गीतमा अमिर श्रेष्ठको संगीत निर्देशन छ।

स्याट (एसएटी) इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको नेप्कमम्स् सर्भिसले प्रायोजन गरेको छ । अस्ट्रेलियामा रहेका नेपाली कलाकार र निर्माण कम्पनीले अहिले नेपाली संगीत बजारलाई बलियो बनाउन थालेका छन्। यसै क्रममा यो भिडियो आएको हो। चार मिनेटको भिडियो हेर्दा छोटो फिल्मबाट पाइने मनोरञ्जन महशुस गर्न सकिन्छ।