पाकिस्तान ८१ रनमा अलआउट


लन्डन, (एजेन्सी)
वेस्टइन्डिजले बार्बाडोसमा भएको दोस्रो टेस्टमा पाकिस्तानलाई १ सय ६ रनले हराएर ती टेस्टको शृंखला १–१ ले बराबरी गरेको छ।

पाकिस्तानलाई दोस्रो इनिङमा ८१ रनमा अलआउट गरेपछि वेस्टइन्डिजको जित सुनिश्चित भएको थियो। जबकि घरेलु टोलीले मात्र १ सय ८८ रनको लक्ष्य सोझ्याएको थियो।

सो जित दिलाउन शेनोन गेब्रीएलले ११ रन खर्चेर पाँच विकेट लिएका थिए।

पाहुना टोलीका लागि सरफराज अहमदले २३ रन बनाउनु नै सर्वाधिक योगदान बनेको थियो।