पहिलो स्वर्ण जितिन् विशोमाले


काठमाडौं, (नेस)

नेपाल गोजुकाई कराते डो संघको आयोजना तथा चिल्ड्रेन मोडल स्कुलको सहयोगमा पाँचौं इन्डो–नेपाल खुला कराते च्याम्पियनसिप २०१७ शुक्रबार राजधानीमा शुरू भएको छ।

विशोमाराज राईले इन्डो नेपाल खुला कराते च्याम्पियनसिपको पहिलो स्वर्ण हात पारेका छन्। २५ केजी तौल समूहमा उनले दिपेश थापालाई पराजित गरेका थिए।

यस्तै २५ केजी तौल समूहमा दिवसजंग थापा र सुशान्त खड्का फाइनलमा प्रवेश गरेका छन्।

तेस्रो स्थानमा भारतका अंश महेश साल्भी र विनय पुन्डालिक चेभन भए। ३० केजीमा नेपालका सोहेन्द्र राना मगर र सुशान्त भुजेलले फाइनल यात्रा तय गरे। भारतका हिमाङक प्रदीप राने र सिद्धार्थ सन्दीप बसालले कांस्यमा चित्त बुझाए।
यसैगरी ४५ केजीमा नेपालका सुसम सन्तोष भुजेल र वन खत्री फाइनल प्रवेश गरेका छन्। यस्तै ५० केजीमा विवेक थापा र टीकाराम गुरुङले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

५५ केजीमा प्रविन दनुवार र प्रविन राना पियाली फाइनल प्रवेश गरेका छन्।

महिलातर्फको प्रतिस्पर्धामा २५ केजी तौलमा नेपालका स्वस्तिका महर्जन र अनुभ्राती कार्की फाइनल पुगेका छन्।

भारती मुग्धा मंगेश गाइकमाड र नेपालकी कृष्पा उपाध्यायले कांस्य पाए। ३० केजीमा नेपालकी प्रशंसा कार्की र भारतकी गोभसी उमा मोरेले फाइनल यात्र तय गरे।

यस्तै ३५ केजीमा नेपालकी अपेक्षा मगरले स्वर्णका लागि भारतकी नेहा नरसया विटलासँग स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन्।