चर्चित नाम मेटिने अवस्थामा

0
Shares

लन्डन, (एजेन्सी)
एथ्लेटिक्समा सन् २००५ भन्दा पहिले बनेका विश्व कीर्तिमानीहरूलाई समाप्त पार्ने प्रस्तावले खेलको संसारमा दुःखद्को लहर आएको छ।

युरोपेली एथ्लेटिक्स्ले पछिल्ला सबै विश्व कीर्तिमानीलाई समाप्त पार्ने प्रस्ताव ल्याएको छ। किनभने उनीहरूको संघले पहिला डोपिङ परीक्षण नभएको प्रमाण पेश गरेका छन्। एथ्लेटिक्स संघहरूको अन्तर्राष्ट्रिय संगठन, आईएएएफका प्रमुख सेबले चासो पनि देखाएकाले यो प्रस्तावलाई पर्याप्त समर्थन पनि मिलेको छ।

यदि यो प्रस्ताव लागू भएमा खेलका संसारमा केही चर्चित क्षण र नाम इतिहासबाट गायब हुनेछ। यसमा केही नामहरू छन्। माइक पावेल लङजम्पमा ८.९५ मिटर छलाङ लगाएका खेलाडी हुन्। उनको कीर्तिमानमाथि खतराको बादल घुमिरहेको छ। टोक्योमा उनको सन् १९९१ मा वल्र्ड च्याम्पियनसिप दौरान यो सुनौला क्षण आएको थियो। यसअघि मेक्सिकोमा बाब बीमानले सन् १९६८ मा कीर्तिमान राखेका थिए।

यस्तै महिलाको १ सय मिटर दौडमा १०.४९ सेकन्डको विश्व कीर्तिमान राखेकी फ्लोरेन्स ग्रिफिथ जोयनरको नाम पनि मेटिने सम्भावना आएको छ। ग्रिफ्ट जोयनरले आफ्नो छोटो करिअरमा १ सय मिटर दौडमा विश्व कीर्तिमान १९८८ को सोल ओलम्पिकमा राखेकी थिइन्। यसपछि पनि ओलम्पिक खेलकुदमा उनले १ सय मिटरमा कीर्तिमान बनाइन्।

यसै गरी सर्गेइ बुब्काले सन् १९८४ र १९९१ बीच चार अलग अलग अवसरमा तथा १९९२ मा तीन पटक कीर्तिमान तोडेका थिए। सबै मिलाएर उनले पोल भोल्टमा करिब ३५ सेन्टिमिटर उचाइ बढी पुर्याएका थिए। अन्तमा इन्डोरमा १९९३ मा ६.१५ मिटर र आउटडोरमा १९९४ मा ६.१४ मिटरको कीर्तिमान राखेका थिए।