मासिक एक सयमा विद्यालय शिक्षा



नेपाल समाचारपत्र
दोलखा
समता फाउन्डेसनले दोलखा सदरमुकाम चरिकोटमा समता स्कुल सञ्चालन गरेको छ। मासिक १ सय रुपियाँमा विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म प्रदान गर्ने उत्तम सञ्जेलको परिकल्पनाअनुसार शुरू भएको समता शिक्षा अभियान ५१औं जिल्लाका रूपमा दोलखामा सञ्चालन गरिएको समता फाउन्डेसनका निर्देशक दीपक सञ्जेलले बताए।

दोलखा सदरमुकाम चरिकोटमा शुरू गरिएको समता स्कुलमा हाल तीन तह नर्सरी, एलकेजी र यूकेजी कक्षा सञ्चालन गरिने र हरेक वर्ष कक्षा थप गर्दै लगिने निर्देशक दीपकले बताए। सदरमुकाम चरिकोटमा शुरू गरिएको समता स्कुलको तीन तहको कक्षामा हाल २ सय २० जना विद्यार्थी रहेको पनि निर्देशक दीपकले बताए।

विशेष गरी आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी शुरू गरिएको समता स्कुलमा हरेक तहमा भर्नाका लागि १ सय ५० रुपियाँ र मासिक शुल्क १ सय रुपियाँ लाग्नेछ। सन् २००१ बाट शुरू भएको समता शिक्षा अभियानमा हाल ५० हजार विद्यार्थी आबद्ध भएको समता फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्