माहौल

0
Shares

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ढलेपछि यो धरहरा बिचल्लीमा परेको छ। धरहराको टुप्पोमा बसेर बाइनाकुलर घुमाउँदै हेर्ने बानी परेको धरहरा अचेल अलि तलैबाट भए पनि दृश्यावलोकन गर्दै हिँड्ने गरेको छ। यसैक्रममा यसले आफ््नो नजिकै टुंडिखेल पारी रहेको राष्ट्रियसभा गृहतर्फ ध्यान दिँदा एउटा हुल देखेर त्यतैतर्फ आफ्नो ध्यान केन्द्रित गर्यो।

त्यहाँ त चुनावका लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्ने चक्कर पो रहेछ। कुन दलले यसपालि स्थानीय चुनाव जित्ला भनेर त्यहाँ गाइँगुइँ राम्रैसँग चलेको देखिन्थ्यो।

त्यहाँ कोहीकोही प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएको र गृहमन्त्री पनि नभएको बेलामा चुनाव होला र भन्दै प्रश्न गरिरहेका थिए भने अरु केहीचाहिँ अब त नहुने कुरै हुँदैन भन्दै कस्सिएको पनि देखियो। जे होस् चुनावी माहौल हिजोबाट एक्कासि बढेकामा धरहरा पहिलो चरणमा ३४ जिल्लाका नेपालीलाई बधाई दिन चाहन्छ। बाँकीलाई चाहिँ दोस्रो चरणमा नै बधाई दिउँला है पाठकवृन्द। अन्यथा त मान्नु हुन्न नि!