दृष्टिविहीनमा सागर पहिलो

0
Shares

काठमाडौं, (नेस)
सागर लामाले सागर विष्टलाई पछार्दै पाँचौं पारा पौडी प्रतियोगिताको दृष्टिविहीन पुरुषतर्फ मंगलबार स्वर्ण जितेका छन्। नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा जोरपाटीमा आयोजित प्रतियोगिताको पुरुष ह्वीलचेयरमा अक्कलबहादुर तामाङले स्वर्ण, दीपक तामाङले रजत र विराज भट्टले कांस्य जिते। सोही स्पर्धाको महिलामा अनु राई पहिलो, जेनिशा कठायत दोस्रो र निर्मला कार्की तेस्रो भए। पुरुष ह्वीलचेयरको इन्पुटी समूहमा भीमबहादुर कुमार प्रथम, जंगबहादुर रुचाल मगर द्वितीय र रमेश खत्री तृतीय भए। चारै स्पर्धामा पहिलो हुनेलाई नगद २ हजार पुरस्कार प्रदान गरियो। एकदिने प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेका थिए।