पूजाको बर्थडेसँगै म यस्तो गीत गाउँछुको भिडियो एकैसाथ

0
Shares

प्रेम गीतको सफलतापछि निर्देशक सुदर्शन थापाले सोही फिल्मको शीर्ष गीत म यस्तो गीत गाउँछुलाई शीर्षक बनाई निर्माण गरेको म यस्तो गीत गाउँछुको आइतबार राजधानीमा आयोजित एक समारोहबीच एक गीत सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएलगत्तै यसको सो प्रेमगीतले युट्युबमा पकड पनि बनाएको छ।
फिल्मकी नायिका पूजा शर्माको जन्मदिन पारेर उनका साथमा नायक पल शाहलाई फिचरिङ गरिएको भन्छु आज बोलको गीत भिडियो सार्वजनिक गरिएको हो। रोमान्सयुक्त यो गीत मुस्ताङका मनोरम दृश्यमा छायांकन गरिएको छ भने भिडियोमा पल र पूजाको जोडी सुहाएको छ। फिल्मको गीतका साथमा नायिका शर्माको जन्मदिन पनि मनाइएको छ। राजधानीको कमलादिस्थित सीडब्लू रेस्टुरेन्टमा आयोजित समारोहलाई भिन्न रुप दिँदै नायिका शर्मा आफ्नो फिल्मी जोडी नायक पल शाहको हात समात्दै एउटै गाडीबाट कार्यक्रमस्थलमा प्रवेश गरेकी थिइन्। नायक नायिका दुवै फिल्मकै पहिरनमा कार्यक्रममा प्रस्तुत भएका थिए।


कार्यक्रममा फिल्मका निर्देशक सुदर्शन थापा, नायक नायिका पल, पूजा, अभिनेता सरोज खनाल, अभिनेत्री रूपा खनाल, संगीतकार अर्जुन पोखरेल, नृत्य निर्देशक कविराज गहतराज, छायांकार सञ्जय लामालगायतले फिल्मका विभिन्न पक्षबारे चर्चा गरेका थिए।

कार्यक्रममा प्रमुख आकर्षण बनेकी नायिका पूजा शर्माले केक काटेर अतिथिहरुलाई खुवाएकी थिइन् भने सबैले उनलाई जन्मदिनको शुभकामनाका साथमा पुष्प गुच्छा र उपहार दिएका थिए। पूजाले फिल्ममा आफ्नो पिता बनेका अभिनेता सरोज खनाललाई केक खुवाई बर्थडे कार्यक्रम शुरू गरेकी थिइन्। त्यसपश्चात् उनले फिल्मका अन्य कलाकार र प्राविधिकका साथमा निर्देशक थापालाई केक खुवाएकी थिइन्। सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा उनले केक काटिरहँदा फिल्मका संगीतकार अर्जुन पोखरेलले सोही समारोहमा सार्वजनिक भएको फिल्मको गीत भन्छु आज गाएर सुनाएका थिए। फिल्म आगामी असार ३० गते अल नेपाल रिलिज हुने निर्देशक थापाले जानकारी गराए।