सिजमन्डले जितिन् स्टुटगार्ट ओपन

0
Shares

स्टुटगार्ट, जर्मनी, (एजेन्सी)
र्मन वाइल्डकार्ड लउरा सिजमन्डले रोमाञ्चक फाइनल खेल जित्दै करिअरकै ठूलो उपाधि जितेकी छन्। सिजमन्डले घरेलु कोर्टमा भएको पोस्र्च टेनिस ग्रान्ड प्रिक्स स्टुटगार्ट ओपनको उपाधि जितेका हुन्। उनले फ्रेन्च खेलाडी क्रिस्टिना मिलाडेनोभिचलाई ६–१, २–६, ७–६ ले हराएकी थिइन्। निर्णायक तथा अन्तिम सेटमा सिजमन्ड १–४ ले पछि थिइन्। तर, उनले लगातार ६ गेम जितेर टाइब्रेकमा खिचिन् र त्यसपछि ७ मा ६ प्वाइन्ट जितेर च्याम्पियन बनिन्।

सिजमन्डले शीर्ष १० मा रहेका स्वेटलाना कुज्नेट्सोभा, कारोलिना पिलिस्कोभा र सिमोना हालेपलाई हराएर लगातार दोस्रो पटक फाइनलमा पुगिन्। गत वर्ष उनी क्वालिफायरको रूपमा प्रतियोगितामा सहभागी भई फाइनलमा पराजित भएकी थिइन्।

उता युवा खेलाडी मिलाडेनोभिचले पनि फाइनलसम्म पुग्न दिग्गज खेलाडीको यात्रा समाप्त गरेकी थिइन्। उनले विश्व नम्बर एक एन्जेलिक केर्बेर, कार्ला स्वारेज नभारो र तीन पटककी स्टुटगार्ट ओपन विजेता मारिया सारापोभालाई पराजित गरेकी थिइन्। यो उनको यस सिजनमा दोस्रो फाइनल थियो। यसअघि उनले करिअरकै पहिलो उपाधि सेन्ट पिटर्सवर्ग लेडिज ट्रफी जितेकी थिइन्।
नाडालको १०औं उपाधि

यस्तै राफाल नाडालले डोमिनिक थिएमलाई ६–४, ६–१ ले हराएर बार्सिलोना ओपन टेनिस प्रतियोगितामा १०औं पटक उपाधि जितेका छन्। एक साताअघि मात्रै उनले मोन्टे कार्लो मास्टर्समा १०औं पटक उपाधि जिते। उनी योसँगै आधुनिक युगमा एउटै प्रतियोगिता सो संख्यामा जित्ने पहिलो खेलाडीसमेत बनेका थिए ३० वर्षीय स्पेनीले यसै महिनामा हुने फ्रेन्च ओपन १०औं पटक जित्ने लक्ष्य लिएको पनि बताएका छन्।