सारापोभा फाइनल पुग्न सकिनन्

0
Shares

लन्डन, (एजेन्सी)
१५ महिना डोपिङ प्रतिबन्धितबाट पहिलो पटक कोर्टमा फर्केकी मारिया सारापोभा स्टुटगार्ट ओपनको फाइनल पुग्न असफल भएकी छन्।

शुक्रबार राति भएको खेलमा पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभालाई क्रिस्टिना मीलाडेनोभिचले तीन सेटमा हराएकी हुन्। २३ वर्षीया क्रिस्टिनाले सो खेल ३–६, ७–५, ६–४ ले जितेकी थिइन्। फाइनलमा उनको सामना जर्मनीकी लाउरा सीजमन्डसँग हुनेछ।

यस प्रतियोगितामा रसियन खेलाडी सारापोभा वाइल्डकार्डमार्फत् सहभागि भएकी थिइन्। आगामी ग्रान्डस्लाम फ्रेन्च ओपनमा सिधै सहभागी हुन उनलाई यो प्रतियोगिताको फाइनलमा पुग्न आवश्यक थियो। उनले दुई खेल लगातार जितेर सेमीफाइनलमा पुग्दै सानदार पुनरागमनको संकेत पनि गरिन्। तर अन्तिम चारमा उनको प्रदर्शन औसत भएको टेनिस विशेषज्ञले जनाएका थिए।

यो हारपछि सारापोभा शीर्ष २ सयभन्दा बाहिर पर्नेछिन्। सोमबार प्रकाशित हुने वरियतामा उनको स्थान निर्धारण हुनेछ। यदि उनी २ सयभन्दा बाहिर स्थानमा रहेमा उनले पेरिसमा हुने प्रतियोगितामा स्थान बनाउन छनोट खेल खेल्नुपर्नेछ। यसै महिना मे २८ देखि वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपन शुरू हुँदै छ।

त्यसो त सारापोभाले पहिलो सेटमा पूरै नियन्त्रणमा लिएकी थिइन्। उनले मात्र ३८ मिनेटमा ४–१ को अग्रता बनाएकी थिइन्। उनले दोस्रो सेटमा मिलाडेनोभिचको पहिलो सर्भिस नै तोडिन र जित्ने लक्षण देखाएकी थिइन्। तर उनले ११ डबल फाल्ट गरिन्। तापनि ६–५ को अग्रता बनाएकी थिइन्। उनी एक गेम जितेर फाइनल पुग्ने स्थितिमा थिइन्। तर फ्रेन्चओम्यानले खेलमा प्रगति गर्दै लगेर अन्ततः यो सेट टाइब्रेकरमा जित्दै सेट बराबरीमा पुर्याइन्।