बालकदेखि किशोरीसम्मको स्पर्धा एकैसाथ

0
Shares

एएनपी मिडिया हाउसले राजधानीमा फरक–फरक उमेरका बालबालिका तथा किशोर किशोरीका बीच लिटिल मिस एन्ड मास्टर नेपाल आइकन २०१७ प्रतियोगिता आयोजना गरेको छ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताअन्र्तगत ८ देखि १२ वर्षका बालकहरूको स्पर्धामा सचिन राई विजेताका साथमा मिस्टर ह्यान्डसम र मस्ट एक्टिभ, विवेक गजुरेल फस्ट रनर्सअपका साथमा मस्ट पपुलर, दिक्षित थापामगर सेकेन्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी चुनिए। यो समूहमा आर्कषण श्रेष्ठ मिस्टर क्याटवाक, निक्सन बखती मस्ट ट्यालेन्ट, मस्ट चार्मिङ, फेसबुक च्वाइस र मस्ट फोटोजेनिक, राजु लामा मस्ट फ्रेन्डली र राजन तामाङ मस्ट डिसिप्लेन भए।

त्यसै गरी ८ देखि १२ वर्षसम्मका बालिकाबीचको स्पर्धामा दीया श्रेष्ठ विजेताका साथमा मस्ट पपुलर र मस्ट ट्यालेन्ट, रक्षा गजुरेल फस्ट रनर्सअपका साथमा मस्ट कन्फिडेन्ट, जिया पौडेल सेकेन्ड रनर्सअपका साथमा मस्ट कन्जिनियालिटी, गरिष्मा नेपाल थर्ड रनर्सअपका साथमा वेस्ट स्किन भए भने सरायु साउद मिस क्याटवाक र फेसबुक च्वाइस, जिस्ना ग्यानी मगर वेस्ट हेयर, सीम्रिका श्रेष्ठ वेस्ट पर्सानालिटी, अंकिता थापा मस्ट चार्मिङ, लुइस महर्जन मस्ट पे्रmन्डली, नृत्या लम्साल मस्ट ब्युटिफुल र फोटोजेनिक, सुप्रिया पराजुली मस्ट डिसिप्लेन, सिइमा मल्ल मस्ट एक्टिभ, सुहाना श्रेष्ठ म्यानेजमेन्ट च्वाइस, जोश्ना आचार्य भिवर्स च्वाइस, रजना आचार्य क्युट बेबी अफ द इयर, जेनिसा दंगाल वेस्ट स्माइल तथा आरजु खरेल मस्ट पंचुयल भए।

त्यसै गरी १२ देखि १५ वर्ष उमेर समूहका किशोरहरूबीचको स्पर्धामा अबेस उर्ग विजेताका साथमा मस्ट ट्यालेन्ट र फोटोजेनिक, सरगम थापा मगर फस्ट रनर्सअपका साथमा मिस्टर ह्यान्डसम, आभास पुन मगर सेकेन्ड रनर्सअपका साथमा मस्ट पपुलर, मस्ट एक्टिभ र फेसबुक च्वाइस, शिवम् तामाङ मिस्टर क्यावाक तथा विजय तामाङ वेस्ट पर्सनालिटी भए। १२ देखि १५ वर्ष उमेर समूहका किशोरीहरूबीचको प्रतियोगितामा भने अनुषा दंगाल विजेताका साथमा मस्ट पपुलर र मस्ट कन्फिडेन्ट, सम्पदा गौतम फस्ट रनर्सअपका साथमा मस्ट फोटोजेनिक, सुदीक्षा अधिकार सेकेन्ड रनर्सअपका साथमा भिवर्स च्वाइस, श्रृति बस्नेत थर्ड रनर्सअपका साथमा मस्ट फ्रेन्डली भइन्। यो समूहको स्पर्धामा स्मृति कार्की मिस क्याटवाक, पुष्पा गुरुङ मिस ट्यालेन्ट, सुशीला रानामगर वेस्ट हेयर, वर्षा थापा मगर वेस्ट स्कीन, सलेनी अधिकारी वेस्ट पर्सनालिटी र वेस्ट स्माइल, मिस्टी तामाङ मस्ट चार्मिङ र फेसबुक च्वाइस, समृद्धि तिमल्सीना मस्ट ब्युटिफुल, मुना श्रेष्ठ मिस कन्जिनियालिटी, सुजिता कार्की मस्ट डिसिप्लेन, अञ्जना लामा मस्ट एक्टिभ, सविना तामाङ मेनजमेन्ट च्वाइस र स्नेहा मानन्धर मस्ट पंचुअल चुनिए।

कोरियोग्रफार अश्विनी झाको कोरियोग्राफी र कार्यक्र सञ्चालनमा सम्पन्न प्रतियोगितामा प्याब्सन उपाध्यक्ष ईश्वरबहादुर गुरुङ, हास्य अभिनेता सुरेन्द्र केसी ‘मुला साग, समाजसेवी आशीष प्रसार्इं, टिचर आइकन विजेता सन्ध्या केसी, नृत्यांगना पार्वती राई, फिल्म निर्देशक राजु अधिकारी, इभेन्ट निर्देशक निशुकान्त झा, संगीतकार सरोज प्याकुरेल र सञ्चारकर्मी सू्र्य चन्द्र निर्णायक रहेका थिए।