नृत्य निर्देशक राई सम्मानित

0
Shares

लोकप्रिय नृत्य निर्देशक कमल राई सम्मानति भएका छन्। विश्व नृत्य दिवसका अवसरमा शनिबार नेपाल चलचित्र नृत्य संघले राजधानीमा आयोजना गरेको एक समारोहबीच नृत्य निर्देशक राईलाई सम्मान गरिएको हो। चलचित्र विकास बोर्डमा आयोजित संघको सम्मान तथा वार्षिक साधारणसभा कार्यक्रममा बोर्ड अध्यक्ष राजकुमार राईले ताम्रपत र दोसल्ला प्रदाान गर्दै राईलाई सम्मान गरेका हुन्। संघका अध्यक्ष दिनेश पाख्रिनको सभापतित्वमा सम्पन्न समारोहमा संघद्वारा प्रकाशित वार्षिक क्यालेन्डरसमेत सार्वजनिक गरिएको थियो। सोही अवसरमा विभिन्न नेपाली फिल्मका नृत्य पनि प्रदर्शन गरिएको थियो।

सम्मान ग्रहणपछि नृत्य निर्देशक राईले अहिलेम्म नपाएको सम्मान पाउँदा गर्व महशुस गरेको बताए। उनले कान्छी फिल्मबाट नृत्य विधामा प्रवेश गरेको खुलाउँदै नृत्य निर्देशक स्व. वसन्तजंग रायमाझीको सहायक भएर काम गरेको स्मरण गरे। समारोहममा बोल्दै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली फिल्म क्षेत्र राम्रो हुनुपर्नेमा जोड दिए। उनले बक्स अफिसलाई कार्यान्वयनमा लानुपर्नेमा जोड दिए। नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले राम्रो फिल्म बन्नुपर्ने र सबैलाई मिलाएर लानुपर्नेमा जोड दिँदै त्यतिकै दर्शक आउँछन् भन्ने हिसाबले फिल्म निर्माण गरिन नहुने बताए। उनले फिल्ममा नृत्य विधाको चर्चा पनि गरे।

त्यसै गरी अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले फिल्ममा नृत्य विधाको महत्त्वबारे चर्चा गर्दै कलाकारलाई पहिचान दिलाउने नै नृत्य भएको प्रष्ट पारिन्। ‘कुनै पनि फिल्ममा डान्स राम्रो भए मात्र त्यो फिल्म चल्छु करिश्माको भनाइ थियो ‘कलाकारलाई दर्शकमाँझ पहिचान दिलाउने पनि डान्स नै हो।’ त्यसै गरी अभिनेत्री वसुन्धरा भुषालले नेपाली फिल्मसँग सम्बन्धित संघसंस्थाबारे चर्चा गर्दै आपूmलाई चाहिने बेलामा मात्र संघसंस्था धाउने अरु बेलामा वास्ता नगर्ने प्रवृत्ति त्याग्नुपर्ने बताइन्। उनले संघसंस्थालाई सबै मिलेर बलियो बनाए फिल्म क्षेत्रलाई माथि उठाउन सहयोग पुग्ने पनि औंल्याए। पूर्वगृहराज्य मन्त्री रिजुवान अन्सरीले फिल्म क्षेत्र भनेको नेपाली कला संस्कृतिको पहिचान गराउने चर्चा गरे पनि चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाले फिल्म क्षेत्रको हितका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।

समारोहका सभापति तथा संघका अध्यक्ष दिनेश पाख्रिनले सबै मिलेर फिल्म क्षेत्रको हितमा लाग्नुपर्ने ओल्याउँदै कनिष्ठले वरिष्ठको सम्मान गर्नुपर्ने तथा वरिष्ठले कनिष्ठलाई माया गर्नुपर्ने बताइन्। उनले नृत्यकर्मीहरू विस्तारै पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै केही मात्र बाँचेको उनीहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए। त्यस्तै चलचत्रि विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्म क्षेत्रले फड्को मारेको चर्चा गर्दै धेरै फिल्म बने पनि राम्रा फिल्म कम बनेको बताए।