छविले ल्याए आस्याङको छोरी

0
Shares

लमजुङ, (नेस)
लमजुङका एक युवाले आस्याङको छोरी बोलको आफ्नो गीतको म्युजिक भिडियो तयार पारेका छन्। छवि तामाङले सो कार्य गरेका हुन्।

तामाङ समुदायमा भाषामा आस्याङको अर्थ मामा भन्ने हुन्छ। पढाइको सिलसिलामा जापान पुगेका छविले आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै पहिलोपटक एल्बम निर्माण गरी त्यसको गीतमा म्युजिक भिडियो तयार पारिएको बताए। उनका अनुसार तामाङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक एल्बमको निर्माण गरिएको हो।

लमजुङको पूर्वी क्षेत्रस्थित तत्कालीन इलमपोखरी गाविसको फुलुङगिरी गाउँका स्थायी बासिन्दा युवा गायक छवि आस्याङकी छोरी एल्बम सार्वजनिक भएसँगै उनी सेलो संगीत जगत्मा स्थापित भएका छन्।

आस्याङकी छोरी नामक यो गीति अडियो एल्बममा चैत वैशाख, पाल्मो र डोल्मो, मोही त पार्ने ठेकीमा, धेरै माया, लिपेको डाँडा र आस्याङकी छोरी बोलका ६ गीत संगृहित छन्। आफ्नै शब्द संगीतमा रहेको गीतहरूमा सरलता, यर्थाथ विषयवस्तुमा रहेकाले दर्शकको मन जित्नेमा आफू ढुक्क भएको उनको भनाइ छ। उनका अनुसार पासाङ योञ्जन लामाको निर्देशन र ज्ञानेन्द्र शर्माले छायांकन गरेको उक्त म्युजिक भिडियोमा अनु र सोनाम पाख्रिनको अभिनय रहेको छ।