बलिउडका ११ महँगा फिल्म

0
Shares

बलिउडमा महँगा फिल्मको बाढी लाग्ने गर्छ। महंगा बजेटमा बनेका फिल्मको चर्चा जति धेरै हुन्छ, व्यापार पनि त्यति नै गर्छ भन्ने त केही छैन। तर बजेटअनुसारको कमाइ पनि गरिरहेका हुन्छन्। यहाँ प्रस्तुत छ बलिउडका महँगा बजेटका ११ फिल्मको रोचक सूची ः
१.रोबोर्ट २.०
भारु ३५० करोड
्रहालसम्म बनेका बलिउड फिल्ममध्ये फिल्म रोबर्टको सिक्वेल २.० सबैभन्दा महँगो फिल्म सावित भएको छ। जस्को लागत खर्च ३ सय पचास करोड भारतिय रुपियाँ रहेको छ। यसमा अक्षयकुमार र रजनिकान्तजस्ता सुपरस्टारसँगै देखिनेछन्। त्यसैले फिल्मको लागत पनि हाइ रहेको छ।
२. बाहुबली
भारु २०० करोड
बाहुबलि अहिलेसम्म भारतमा बनेका फिल्महरुमध्ेय दोस्रो महगो फिल्म हो। जस्को लागि २ शय करोड खर्च भएको थियो।

३.आई
भारु १८० करोड
बलिउड फिल्म शंकरले पछिल्लोपटक बनाएको फिल्म आईले पनि महँगो फिल्ममध्येमा नाम लेखाएको छ। हिन्दी र तामिलमा भाषामा रीलिज भएको फिल्म १ शय ८० करोडमा बनेको थियो।

४. प्रेम रतन धन पायो
भारु १८० करोड
फिल्म प्रेम रतन धन पायो पनि महँगो बजेटको फिल्ममध्ये एक हो। यो फिल्म पनि १ शय ८० करोडमा बनेको थियो।

५.धुम ३
भारु १७५ करोड
फिल्म धुम–३, १ सय ७५ करोडमा बनेको फिल्म हो। जुन फिल्ममा आमिर खानलाई मेन भिलेनका रूपमा ल्याइएको थियो भने कट्रिना कैफलाई प्रमुख महिला पात्रको रूपमा प्रस्तुत गरिएको थियो। प्रमुख भूमिकामा लिइएका कलाकार र विभिन्न सिनहरुलाई हेर्दा यस फिल्ममा खर्च भएको रकमप्रति अचम्म मान्नुपर्ने कारण पनि छैन।

६. ब्याङ ब्याङ
भारु १६० करोड
बलिउड फिल्म नाइट एन्ड डेको भर्सन हो फिल्म ब्याङ ब्याङ। रीतिक रोशन र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्मको एक्सन सिक्ेवन्स र डान्स नम्बरले दर्शकहरुलाई निकै आकर्षित गरेको थियो। फिल्म १ सय ६० करोडमा बनेको थियो।

७. ह्याप्पी न्यु इएर
भारु १५० करोड
ह्याप्पी न्यु इएर पनि महँगो बजेटमा बनेको फिल्ममध्ये एक हो। दुबईमा शुट भएको यो मल्टी स्टारर फिल्म १ सय ५० करोडमा बनेको थियो।

८. किक
भारु १२० करोड
मेगा हिट बलिउड फिल्म किकमा सलमान खान र ज्याकलिन फर्नाडिजले अभिनय गरेका छन्। यो फिल्म १ सय २० करोडको लागतमा बनेको हो।

९. रोबोर्ट
भारु १३२ करोड
डाइरेक्टर एस शंकर कसैले आँट गर्न नसक्ने फिल्म बनाउने निर्देशकमा गनिन्छन्। किनभने ठूला बजेटका फिल्म बनाउनेमा उनको नाम ३ पटक आइसकेको छ। उनले योभन्दा पहिले नै अहिलेसम्मकै महँगो बजेटको फिल्मको घोषणा गरिसकेका छन् भने उनको अघिल्लो फिल्म रोबोर्ट पनि महँगा फिल्ममध्ये एक हो।कुुन फिल्म १ सय ३२ करोडमा बनेको थियो।

१०. रा. वन

भारु १३० करोड
शाहरुख खान र करीना कपुर अभिनित फिल्म रा. वन एक ठूलो बजेटमा पर्ने फिल्म हो। जस्मा शाहरुख खान एक मास्टर साइन्टिस्ट र इन्जेनियस रोबोर्टको दोहोरो भूमिकामा देखिएका छन्। फिल्म १ सय ३० करोडमा बनेको थियो।।

११.मुगल ए अजाम
भारु १.५ करोड
यो फिल्म सन् १९६० मा १.५ करोडमा निर्माण भएको थियो। त्यतिबेला र अहिलेको तुलना गर्दा निकै ठूलो अमाउन्ट पर्न जान्छ।