मृत फेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडा । काठमाडौंको नागर्जुन नगरपालिका–६ उमागाउँमा प्लाष्टिकले बारेको छाप्रोमा बस्दै आएका ८४ वर्षीय नुरबहादुर गिरी सोही छाप्रोमा बिहिबार मृत फेला परेका छन् ।

त्यस्तै काभ्रे पोखरी नारायणस्थान–४ बस्ने ४३ वर्षीय माईला तामाङ रोशी गाउँपालिका–९ स्थित रोशी खोलाको किनारमा बिहिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पाल्पा रैनादेबी गाँउपालिका–४ सुकादह बस्ने ६० वर्षीय मानबहादुर सारु बेपत्ता भएकाले खोजतलास गर्ने क्रममा सोही ठाउँ स्थित बोकागैरा भन्ने स्थानमा बाटोबाट करीब १५ मिटर तल शुक्रबार बिहान मृत फेला परेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानिय प्रहरीलले जनाएको छ ।