करेन्ट लागेर मृत्यु

0
Shares

काठमाडौँ (नेस)। चन्द्रागिरी नगरपालिका–१५ ढुङगेअड्डास्थित रिजाक नेपाल संस्थाले बल्खु खोलाको पुल बनाउनको लागि माटो परीक्षण गर्न मेशिनद्वारा फलामको पोल गाडेरमाथि उठाउने क्रममा पोलले बिद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङगेअड्डा बस्ने नरजंग शाही र नारायण राउतको मृत्यु भएको छ ।
करेन्ट लागेर असक्त भएका उनीहरूलाई उपचारको लागि सहिद मेमोरियल अस्पताल, कलंकी पठाइएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको हो ।
करेन्ट लागेर असक्त भएका सोही ठाउँका मन्चन शाहीको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।