ज्येष्ठ नागरिक सम्मानित

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । मातातिर्थ औँशिको अवशर पारेर बुधबार ताप्लेजुङको त्रिवेणी आठराई गाउँपालीकामा २ सय ९५ जना जेष्ठ नागरीकलाई सम्मान गरीएको छ ।

सो गाउँपालीकाको चाँगेमा जेष्ठ नागरीकको लागि विगत तीन वर्ष देखि काम गर्दै आएको चाँगे धर्ति आमा कोष नामक संस्थाले उनिहरुलाई सम्मान गरेको हो ।

चाँगेका विभिन्न चार स्थानमा एकै दिन कार्यक्रम गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सल्लाहकार विजय गोठाले गौतमले बताउनु भयो ।

त्रिपुरेश्वर आधारभुत विद्यालय, चाँगे मावि, छातेढुङगा मावि र सरस्वति आधारभुत विद्यालयगरि चार ओटा केन्द्रबाट ६५ वर्ष माथिका सम्पूर्ण नागरिकलाई सम्मान गरिएको उहाँको भनाई छ ।

जसमा १ सय ४० जना बृद्धलाई ढाकाको टोपि र १ सय ५५ जना बृद्धालाई चौबन्दी चोलोबाट सम्मान गरिएको बताईएको छ ।