तातोपानीमा धारा र कपडा फेर्ने स्थान

0
Shares

नेपाल समाचारपत्र, रसुवा । रसुवाको स्याफूमा रहेको तातोपानीमा धारा र नयाँ भवन निमार्ण गरिएको छ ।


तातोपानीमा डुवुल्की मारिसके पछि नुहाउन र कपडा फेर्नका लागि समस्या आएपछि सरसफाइलाई मध्येनजर गर्दै धारा र सुरक्षित रुपमा कपडा फेर्नका लागि दुई वटा कोठा निमार्ण गरिएको हो ।

आइएमसी र युएनडिपिको तीन लाख दुई हजार पाँच सय ५१ रुपँया र स्थानीय खम्वाटार आमा समुहको ९० हजार पाँच सय ९ रुपँया गरी तीन लाख ९३ हजार ६० रुपँयाको कुल लागतमा धारा र कपडा फेर्ने कोठा निमार्ण गरिएको हो ।

स्याफ्रुमा रहेको उक्त तातोपानीमा नुहाउनका लागि हरेक दिन रसुवा जिल्लाका तथा जिल्ला वाहिरका १० देखि १५ जना जाने गरेका छन् ।