राणा दिदीबहिनी सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र ६–३ तथा प्रेरणा कोइरालाले लुमु लामालाई ६–० र ६–० को सीधा सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए।

पुरुष सिंगल्समा जितेन्द्र परियारले कुमार अधिकारीलाई ६–० र ६–१, प्रणव खनालले नवीन मगरलाई ६–२ र ६–३, डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यले दावा शेर्पालाई ६–२ र ६–३ तथा सन्तोष खत्रीले अनिल शाहीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजन तथा काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले अशोक वज्राचार्यलाई ४–० र ४–० ले निराश पार्दै सेमिफाइनलमा पुगे।