वेवारीसे शव फेला

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।

संखुवासभा–खा“दबारी ९ मा पर्ने अरुण नदीको बगरमा वेवारीसे शव फेला परेको छ । अरुण नदिले बगाएर ल्याएको उक्त सब मंगोलियन अनुहार भएको अन्दाजी ४० बर्षीया महिलाको रहेको प्रहरीले जनाएको छ ।

आज आईतवार दिउसो स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले उक्त बेवारीसे सव नदिले बगाएर ल्याएको हुन सक्ने र सवको पहिचानका लागी अनुसन्धान भई रहेको बताउनु भयो ।