पाँचथर गोल्ड कप बिर्तालाई

0
Shares

गणेश साम्पाङ, पाँचथर

बिर्ता युनाइटेड क्लब झापा फिदिममा सञ्चालन भई रहेको प्रथम पाँचथर गोल्डकाप फुटबल प्रतियोगिताको उपाधी चुम्न सफल भएको छ।

शनिबार फिदिम माविको खेलमैदानमा भएको फाइनलमा खेलमा एपीएफ पुर्वाञ्चललाई ट्र«ाईबेकरमा ३–२ गोल गरी उपाधि चुमेको हो। दुवै टिमबाट निर्धारित समयसम्म कुनै गोल हुन नसकेपछि पेनाल्टी प्राहारबाट निर्णय निकाल्नुपरेको थियो।

पेनाल्टी प्रहारमा बिर्ता युनाइटेडको तर्फबाट विशाल राई बी, बुद्ध चेम्जोङ, रन्जीत श्रेष्ठ र बिकी चौधरीले गोल गरेका थिए। यस्तै एपीएफको तर्फबाट बुद्धिमान राई सुशील राइले गोल गरेका थिए। प्रदिप चौधरीको प्रहार गोलकिपरले बचाए भने उज्वल चाम्लिङको प्राहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो।

खेलमा ब्यक्तिगत विद्यातर्फ उत्कृष्ट गोलकिपर बिर्ता युनाइटेडका दिनेश थापा,उत्कृष्ट डिफेन्स एपीएफका सुसान मुर्मु उत्कृष्ट मिडफिल्ड बिर्ताका योगेश गुरुङ, उत्कृष्ट फरर्वाड एपीएफका बुद्धिमान राई म्यान अफ टुनामेन्ट बिर्ताका देबेन्द्र तामाङ र उच्च गोलकर्ताको पुरस्कार बिर्ताका विशाल राईबीले प्राप्त गरेका थिए।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख ५० हजार ट्रफी प्राप्त गरेका थिए भने उपबिजेता टिमले नगद १ लाख प्राप्त गरेका थिए।