नेपाल समाचारपत्र, काठमाडौ ।
कैलालीमा भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराहा धनगढीले जितेको छ।
बिराटनगर किङ्स ९७ रनमै अलआउट भएपछि चौराहा धनगढीले ६२ रनको जित हात पारेको छ ।
फाइनलमा टिम चौराहाले शरद विराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । टिम चौराहाले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १८ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै ९७ रनमै समेटिएको थियो ।
त्यसैगरी टस जितेर व्याटिङ गरेको चौराहाले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो।
टिम चौराहाका लागि आरिफ शेखले सर्वाधिक ५४ को योगदान दिए ,अमर रौतेला ३१ र शौरभ खनालले अविजित १४ रन बनाए। कप्तान पारस खड्का २९ तथा पृथु बास्कोटाले १४ जोडे।
बिराटनगरका लागि सुशील कँडेलले दुई विकेट लिए भने जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टले समान १ १ विकेट लिएका थिय ।
प्रतिक्रिया