ओप्पो एफ थ्रि आउदै



काठमाडौं, (नेस)
ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफ थ्रि सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा डुअल फ्रन्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप सेल्फीसमेत निकै सहज तरिकाले लिन सक्नेछन्।

एफथ्रिमा पनि एफथ्रि प्लसमा झैं डुअल फ्रन्ट क्यामेरालाई निरन्तरता दिइएको छ। डुअल सेल्फी क्यामेरामध्ये एक व्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको छ।

साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रिमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ।

‘सेल्फी एक्स्पर्ट’ एफ सिरिजअन्तर्गतको नयाँ एफथ्रिको उत्कृष्ट गु्रप सेल्फी, विकृति न्यूनीकरण फिचर्स र ब्युटीफाई फङसनले सेल्फी क्रान्तिको अग्रणी तथा फोन क्यामेरा उद्योगको प्रतिनिधित्व गर्दै प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा गु्रप सेल्फी लिन सघाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्