करेन्ट लागेर महिलाको मृत्यु

0
Shares

दमौली, ६ वैशाख । तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा आज एक महिलाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय जुठीमाया नेपाली रहेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । खनायोको रुखमा घाँस काट्दा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर रुखबाट खस्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । रासस