भीम र समिर सम्मानित


काठमाडौं, (नेस)
विश्वकै चिसो ठाँउमा हुने एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्न सफल दुई नेपाली खेलाडीलाई बतासे ट्रेल्सले मंगलबार नगदसहित सम्मान गरेको छ। अप्रिल ९ तारिखमा भएको म्याराथनमा दोश्रो भएका भीमबहादुर गुरुङ र तेश्रो भएका समिर तामाङलाई सम्मान गरिएको हो। भीमले ४ घण्टा १८ मिनेट र समिरले ४ घण्टा ३१ मिनेटमा दौड पूरा गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले खेलाडीलाई जनही १० हजार नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। सोही अवसरमा भीम र समिरको यात्रालाई प्रायोजन गरेकी स्कोटल्यान्डकी नातालियालाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

कार्यक्रममा बैशाख १२ गते तेश्रो बतासे ट्रेल रेस हुने पनि जानकारी दिइएको थियो। ८५ किलोमिटर, ३७ किलोमिटर र १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने बतासे ट्रेल्सका अध्यक्ष सुमन तामाङले जानकारी गराए। ८५ किलोमिटरको स्पर्धा ठमेलबाट सुरु भइ सिन्धुपाल्चोकको बतासेमा पुगेपछि