खेलाडीहरुको बन्द प्रशिक्षण कार्यक्रम सुरु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर । पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ्ग शल्डि प्रतियोगितामा झापाबाट सहभागिता जनाउने खेलाडीहरुको बन्द प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।

झापा जिल्ला खेलकुद विकास समिति झापाले भद्रपुरस्थित भद्रपुर माविमा खेलाडीहरुको बन्द प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एथलेटिक्स, भलिवल, कवडी, उसु, तेक्वान्दो, कराते खेलमा भाग लिएका छात्रछात्रा दुवै तर्फका खेलाडीलाई प्रशिक्षण दिइने जनाइएको छ ।

बैशाख ५ देखि १० गते सम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा ९८ जना खेलाडी छनौटमा परेको कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए । खेलाडीहरुलाई झापा जिल्लाका २० देखि २५ जनाले प्रशिक्षकहरुले प्रशिक्षण दिने उनले बताए ।

यही १३ र १४ गते सुनसरीको इटहरीमा हुने पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ्ग शल्डि प्रतियोगिताका लागि खेलाडीलाई अग्रिम तयारीका लागि प्रशिक्षण दिदै आएको छ ।

छनौटमा परेका खेलाडीहरु झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शल्डि प्रतियोगितामा प्रथम हुने विद्यालयका खेलाडी रहेका छन् । यता सम्पूर्ण खेलाडीहरुलाई प्रशिक्षण अवधिभर भद्रपुरका युवा व्यापारी सञ्जीव घोषले खाना, नास्ताको व्यवस्थापन गरेको जनाइएको छ ।