गुल्मीमा माछा मार्नेक्रममा एक युवकको मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी । माछा मार्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्ने क्रममा खोलामा डुबेर छत्रकोट गाउँपालिका वडा नम्वर–६ साविकको दौघा गाविस निवासी ३६ वर्षिय राजन रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्दै गरेका रेश्मी खोलाको रहमा डुबेर केहि वेर वेपत्ता भएका थिए । स्थानियले खबर पाएपछी निजलाई ठुलो खालको जालले वाहिर निकालेका थिए ।

श्रृङ्गा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मुक्त पुनका अनुसार पोष्टमाडम गरी शव परिवारको जिम्मा लगाईएको जानकारी दिए ।

खज्र्याङ्ग वजारका स्थानिय होटल व्यवसायी डालप्रसाद पन्थीका अन’सार मृतक रेश्मी अधिकांस समय माछा मार्ने काममा हिड्ने बताए । उनको घरमा श्रीमति र तिन छोरी रहेको बताईएको छ ।