ट्राफिक प्रहरीद्धारा ४१ लाख राजस्व संकलन

0
Shares

सरिता चलाउने, सल्यान

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालु आर्थिक वर्षको ९ महिनामा ४१ लाख भन्दा बढि राजस्व संकलन गरेको छ । विभिन्न शिर्षकमा चालु आर्थिक वर्ष २०७३÷०७४ को नौ महिनाको अवधिमा ४१ लाख ४५ हजार ५ सय राजस्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जगदिश कुमार ऐरले जानकारी दिनु भयो । उहाँका अनुसार यो अवधिमा ७ हजार १ सय ४९ सवारी साधन कारवाहीमा परेका छन् ।

अहिले संकलन भएको राजस्व गत आर्थिक वर्षको भन्दा बढि हो । गत आर्थिक वर्षमा १० हजार ६ सय ३१ सवारी साधन कारवाही गर्दा २९ लाख ८५ हजार ४ सय राजस्व संकलन भएको थियो । जवकि आर्थिक वर्ष २०७१÷०७२ मा १४ लाख ७१ हजार ५ सय मात्रै राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा राजस्वको रकम बढ्ने ऐरले जानकारी दिनु भयो ।
नौ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल २ हजार ९ सय ३ कारवाहीमा परेका छन् । जसबाट १७ लाख ५३ हजार ५ राजस्व संकलन भएको छ । यस्तै ६ सय ८३ बस कारवाहीबाट ४ लाख २३ हजार, ९ सय ५३ ट्रक कारवाहीबाट ५ लाख ८२ हजार, १ हजार २ सय ५० जीप कार कारवाहीबाट ६ लाख ८३ हजार र १ हजार ३ सय ६० ट्याक्टर कारवाहीबाट ७ लाख ४ हजार राजस्व संकलन भएको ऐरले जानकारी दिनु भयो । चालु आर्थिक वर्षको ९ महिनामा ३६ दुर्घटनाबाट ६ जनाको ज्यान गएको छ ।