समाजकल्याण परिषदका पदाधिकारीद्धारा अनुगमन

0
Shares

नेपाल समाचारपत्र, मुगु ।
मुगुका दुर्गम गाउँमा गैरसरकारी सस्थाले गरेका क्रियाकलापको पारदर्शिताकोलागि समाज कल्याण परिषदका पदाधिकारीद्धारा अनुगमगन गरीएको छ ।

जिल्लामा १ दर्जन भन्दा बढि गैरसरकारी सस्थाले सामाजिक तथा भौतिक कार्यमा निरन्तरता दिदै आएका छन् । काम समयममा भए नभएको र सेवा ग्राहीले वास्तविक सेवा पाए नपाएको सन्दर्भमा निगरानी गर्न जिल्ला सदरमुकाम र आसपासका दुर्गम गाउँमा अनुगमन गरी काम र सर्वसाधारणको राय बुझिएको समाज कलयाण परिषदका सदस्य सचिब डिल्लिप्रसाद भट्टले बताए ।

जिल्लाको कालै, रारा र धैनकोट, जिमा गाबिसमा संचालित कर्णालिमा महिलाको लागि न्यायिक परियोजना अन्तरगतका सचेतना मूलक कार्यक्रम र हेरेन्डेक मुगुले सचालन गरेको बर्थिगं सेपा प्रभावकारी नै रहेको अनुगमनका पदाधिकारीले बताए ।

अनुगमनका क्रममा समाजकल्याण परिषदका कार्यकारी निर्देशक इन्द कुमार झा र अधिकृत भूपेन्द्र सिजापति र किर्डाक नेपालका कार्यक्रम संयोजक गोबिन्द शाहीको समेत उपस्थिति रहेको थियो ।