गुल्मीमा जिप दुर्घटना एकको मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी । गएराति गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिबाट तम्घास आउने क्रममा धुर्कोट गाउँपालिबाट वडा नं. ४ नयाँघर भन्ने स्थानमा लु १ च ९२६३ बोलेरो जिप दुर्घटना हुँदा इस्मा गाउँपालिका वडा नं. ६ निवासी २५ वर्षिय चालक प्रेम मुखियाको सोमबार बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अर्का १ जना घाइते भएका छन् । जिपमा सवार २३ वर्षिय राजु खत्री घाइते भएका छन् । उनको उपचार भैरहेको छ । जिल्लाको सदरमुकाम तम्घासबाट बिद्यालयको समान पुर्याएर फर्किने क्रममा आइतवार राति करिव १० बजे तिर जिप सडकबाट करिव २ सय मिटर तल खसेको थियो । घाइते २ जनालाई तम्घास अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागी पाल्पा हुँदै बुटवल लगिएको थियो ।