‘हेटौंडामा एयरपोर्ट पक्का’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडाको पदमपोखरीमा एयरपोर्ट बन्ने प्रक्रियामा रहेकाले जसरी पनि एयरपोर्ट बन्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस हेटौंडा–१३, पदमपोखरीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै गृह राज्यमन्त्री बानियाँले पदमपोखरीमा एयरपोर्ट बनाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको हो । बानियाँले आफूले नागरिक उडड्यन राज्यमन्त्री हुँदादेखिनै त्यस कार्यालयका प्रमुखलगायत इञ्जिनियरहरुसँग निरन्तर सम्पर्कमा रहेको र गृहकार्य अघि बढेको बताउँदै एयरपोर्ट बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

हेटौंडा–१४, पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रीसहित नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थानीयस“ग छलफल गरेको थियोे । तत्कालीन स“स्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बानिया“सहित प्राधिकरण टोलीले स्थलगत अवलोकन गरी स्थानीयस“ग थप छलफल गरेको छ ।

जाडोमा सिमरा र भरतपुर एयरपोर्टमा हुस्सुका कारण उडान नहुने भएकाले बैकल्पिक र विपद्का समयमा उद्धारका लागि आकस्मिक एयरपोर्टका रुपमा हेटौंडामा निर्माण गर्न लागिएको राज्यमन्त्री बानिया“ले बताउनुभयो ।