झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर । झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने भएको छ । नगर तथा गाँउपालिकामा रहेका ९२ जना सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ता र शिक्षा कार्यालय झापा अन्तरगत रहेका ५ सय ६४ जना बाल विकास शिक्षक (सहयोगी कर्मचारी) लाई स्वयमसेवक भनेर खटाइने तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापाका ८ नगरपालिका र ७ गाउपालिका गरी १५ वटा स्थानीय तहमा एकैसाथ मतदाता शिक्षा कार्यक्रमका लागी उनिहरुलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । एक हजार मतदाता सख्या बराबर एक जनालाई गाँउ गाँउमा पठाउने आचार्यको भनाई छ । आउदो शुक्रवार देखि झापामा घरदैलो मतदाता शिक्षा कार्यक्रम सुरु हुने उनले बताए ।