प्रस्ताव कसरी ?

0
Shares

सरकारले यसअघि ल्याएको संविधान संशोधन प्रस्तावको प्रमुख विपक्षी एमाले र मधेसी मोर्चाले आ–आफ्नै पाराले विरोध गरेको धरहराले देखेको हो। त्यो विरोधका कारण सरकारले पुरानो प्रस्ताव फिर्ता गरेको पनि यसले देख्यो। अहिले फेरि एमाले र मधेसी मोर्चालाई नै मनाउने भन्दै सरकारले नयाँ प्रस्ताव संसद्मा दर्ता गराएको छ। तर, फेरि नयाँ प्रस्ताव पनि उनीहरुले अस्वीकार गरेका छन्।

होइन, सरकार केका लागि यस्ता प्रस्ताव ल्याउँछ? कोसँग सल्लाह गरेर ल्याउँछ? प्रस्ताव ल्यायो एक⁄दुई महिना अल्मलिने काम भयो, सकियो। फेरि एक⁄दुई महिना नयाँ संशोधनको बारेमा अलमल गरिने होला। अनि चुनाव के हुन्छ त? अहिले धरहरा वरपर आएर धेरैले यस्तो कुरा गरिरहेको पाइएको छ। धरहरा पनि कुरा नबुझेर हैरान भएको छ भन्या।

होइन, सरकारको त काम नै संविधान संशोधन प्रस्ताव ल्याउने मात्रै हुने भयो कि के हो? सरकारलाई कतैबाट आकाशवाणी भएर यस्तो गरिएको त होइन होला? हो भने कहाँबाट आकाशवाणी हुने रहेछ? प्रस्ताव ल्याउने अनि सधैं असहमति मात्रै हुँदा त सरकार नै जोकर बन्ने अवस्था पो आउला जस्तो छ त। कि कसो पाठकवृन्द?