महोत्तरीमा दुई सय ५६ मतदान केन्द्र तोकियो


गौशाला, ३० चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा दुई सय ५६ मतदान केन्द्र तोकिएको छ ।

बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईवटा खारेज गरिएको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले बताउनुभयो ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले निमावि पर्सादेवाड, क्लब भवन मधेपुरा मतदान केन्द्रलाई खारेज गरेको र गौरीबास, रतौलीलगायत पाँचवटा मतदान केन्द्र संशोधन गरी जम्मा दुई सय ५६ मतदान केन्द्र कायम गरिएको हो । महोत्तरीमा स्थानीय तह निर्वाचनका लागि यसपालि तीन लाख आठ हजार चार सय दुई मतदाता रहेका छन् । रासस