किंग्स इलेवनको दोस्रो जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
किंग्स इलेवन पंजाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराएर जारी इंडियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ।

सोमबार राति इन्डोरमा भएको खेलमा बैंगलोरले निर्धारित २० ओभरमा चार विकेटको नोक्सानमा १ सय ४८ रन बनाएको थियो। जसमा एबी डिभिलियर्सले ८९ रनको नटआउट इनिङ खेलेका थिए।

तर किंग्स इलेवनले २ विकेटको क्षति बेहोरेर ३३ बल बाँकी राखी सहजै लक्ष्य पछ्याएको थियो। टोलीको जितमा दक्षिण अफ्रिकी ब्याटसम्यान हासिम अमलाले ५८ रन जोडे भने कप्तान ग्लेन मेक्सवेल ४३ रनमा नटआउट रहे। त्यस्तै मनान बोहराले ३४ रनको योगदान दिएका थिए।

डिभिलियर्सको विस्फोटक ब्याटिङ यो हारले छायामा परेको थियो। दक्षिण अफ्रिकी ब्याटसम्यानले ९ छक्का र ३ चौका प्रहार गरेका थिए। उनी वेस्ट इन्डिजक ा ब्याटसम्यान क्रिस गेलको स्थानमा टिममा आएका हुन्।