बलिउड नायक सेफ अलि खान तथा उनकी पूर्वपत्नी नायिका अमृता सिंहकी छोरी सारा अलि खान फिल्ममेकर करण जौहरको फिल्म स्टुडेन्ट अफ द इयर–२ बाट बलिउडमा डेब्यु गर्दै छिन्। तर, उनको फिल्मी यात्रा शुरु नहुँदै उनी बलिउडमा बिकनी सिनमा प्रवेश गर्नेछिन् भन्ने खबरले बलिउड तातिरहेको बेला उनकी आमा अमृता सिंहले करण जौहरसँग फोर्स गर्दै त्यस्तो दृश्य हटाउन लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आफूहरु दुवैको अब नबाब (सैफ अली खान) परिवारसँग कुनै पनि सम्बन्ध नरहेको भन्दै अबदेखि कहिल्यै पनि बिकनी नलगाउन उनले आफ्नी छोरी सारालाई चेतावनीसमेत दिएको समाचारमा जनाइको छ।
साराको बारेमा मिडियामा आएका खबरअनुसार बलिउडमा सारा अलि खानले बिकनीमा डेब्यु गर्ने भन्ने थियो। एक भारतीय मिडियासँगको अन्तवार्तामा अमृताले आफूले कुनै पनि फिल्ममा बिकनी नलगाएकाले आफ्नी छोरीले पनि आफ्नो करियरमा बिकनीको साहरा लिनुनपर्ने बताइन्।
अमृताले नबाब परिवारसँग कुनै पनि नाता नभएकाले पनि आफ्नो छोरीलाई बिकनी नलागाउ भनेकी छिन् कि– ‘नबाब परिवारमा बिकनी लगाउन कुनै पनि परहेज छैन।’ साराकी हजुरआमा शर्मिला ट्यागोरले पनि एक फिल्ममा बिकनी लाएकी थिइन् भने उनकी फुपू सोहा अलि खानले पनि बिकनी लगाएका दृश्य दिएकी छिन्। त्यस्तै करिना कपुर पनि बिकनी लगाउँछिन्। तर, यस अवस्थामा यदि सारा अलि खान फिल्ममा खेल्न चाहन्छिन् भने उनले आफ्नो आमाको कुरा मान्नुपर्ने हुन्छ। किनभने उनकी आमा अमृताले उनलाई बिल्कुल स्वतन्त्र छोड्न नचाहेको समाचारमा जनाइएको छ। उक्त फिल्ममा साराले तीन वटा बिकनी सिन दिएकी थिइन्। तर, उक्त सिन अमृताले हटाउन लागाइसकेको समाचारमा उल्लेख छ। स्ट्ुडेन्ट अफ द इएरको पहिलो भागबाट आलिया भट्टले डेब्यु गरेकी थिइन्। उक्त फिल्ममा आलियाले पनि बिकनी सिन दिएकी थिइन्।











प्रतिक्रिया