छटपटीमाथि म्युजिक भिडियो

0
Shares

गीतकार तथा पत्रकार शान्तिप्रियले आफ्नो गीति अडियो एल्बमका लागि तयार पारिएको गीत मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होलाको म्युजिक भिडियो छायांकन गरिएको छ। गायिका निखिता थापाको स्वरमा सजिएको शान्तिप्रियको यस गीतका संगीतकार भने दीपक शर्मा हुन्।

सेन्टिमेन्टल गीतलाई पत्रकार तथा निर्देशक सुव्रत आचार्यले म्युजिक भिडियो निर्देशन गरेका छन्। म्युजिक भिडियोमा राजविक्रम थापा र अभिनेतृ खुश्बु खड्काले अभिनय गरेका छन्। छायांकन सुदीप बराल र सम्पादन टेकेन्द्र शाहले गरेका छन्। गीतकार शान्तिप्रियले सो गीत प्रेमपीडामा गुज्रेका अथवा विछोडिन पुगेको जोडीमा समर्पित भावमय भएको बताए। जेठमा प्रकाशित हुने एल्बमका लागि यो गीत तयार पारिएको पनि उनले बताए। शान्तिप्रिय पछिल्लो समय गीत लेखनमा सक्रिय छन्। उनीद्वारा रचित छक्का पञ्जा फिल्मको देखन चम्पाले यस वर्ष चर्चा पाएको छ।