थारू संस्कृति भिडियोमा

0
Shares

चितवनका गायक सञ्जय चौधरीले बजारमा ल्याएको थारू गीत पुर्वे गेलही पछिए गेलहीले चर्चा पाएको छ।
पहिलोपटक थारू गीतलाई डिजे मिक्स गरी निकालिएकोले थारू युवा पुस्तामाझ निकै लोकप्रिय बन्न सफल भएको हो। गायक चौधरी सञ्चारकर्मीसमेत हुन्। काठमाडौंमा बस्दै गरेका सञ्जयले थुप्रै नेपाली पपगीत निकालेका छन्। यो थारू गीतको म्युजिक भिडियोमा आशिष र उमालाई देख्न सकिन्छ। काठमाडौंको टुँडिखेलमा छायांकन गरिएको भिडियोमा थारू युवायुवतीलाई आफ्नो पोशाकमा उतारिएको छ। भिडियोमा थारू संस्कृति देखाइएको छ।