भोजपुर आइडलको एल्बम सार्वजनिक

0
Shares

भोजपुरे गायक दीपक राईले डेब्यु एल्बम तिमीलाई नै स्रोतामाझ ल्याएका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले एल्बम एल्बम गायकको एल्बम नयाँ भए पनि आम स्रोताका लागि भने उनको स्वरमा नयाँपन नपाइने चर्चा गरे।

गायककै शब्द तथा संगीत रहेको एल्बममा तिमीलाई नै, तिमी त साथी, तिमीले बोलेको बात, कहाँ मैले गल्ती र रात बोलका कुल ५ गीत संगृहित छन्। सानैदेखि संगीतमा रुचि राख्ने भए पनि उनी २०५८ सालमा भोजपुरमा भएको भोजपुर आइडलपछि चिनिएका हुन्। एल्बममा संगृहित गीत तिमीलाई नै र तिमी त साथीको भिडियो पनि बनेको छ। पहिलो गीतको भिडियोमा सुशील काफ्ले र सम्पदा बानियाको अभिनय छ भने निर्देशन सुशील आफैंले गरेका छन्। दोस्रो गीतमा दीपेन्द्र राई ‘कुलदीप’ को छायांकन छ। यो गीतमा गायक दीपकसँगै बिना राई, अञ्जली माझी र मनिकुमार राईलगायतले अभिनय गरेका छन्।