मिस एन्ड मास्टर आइकनमा ४२ को भिडन्त

0
Shares

एएनपी मिडिया हाउसले राजधानीमा लिटिल मिस एन्ड मास्टर नेपाल आइकन २०१७ आयोजना गर्ने भएको छ। आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीका अनुसार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि लिटिल मिस एन्ड मास्टर नेपाल आइकन २०१७ आयोजना गर्न लागिएको हो।

शम्भुप्रसाद रेग्मीको संयोजन तथा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी वैशाख १४ गते बिहीबारका दिन जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगिताको अन्तिम स्पर्धाका लागि राजधानीका विभिन्न स्कुलमा अध्ययनरत जोश्ना आचार्य, सरायु साउद, रक्षा गजुरेल, नित्या लम्साल, रजना अधिकारी, लुइस महर्जन, सुहना श्रेष्ठ, जेनिशा डंगोल, जिस्ना ज्ञामी मगर, सैमा मल्ल, गृस्मा नेपाल, अंकिता थापा, दिया श्रेष्ठ, सिम्रिका श्रेष्ठ, जिया पौडल, आर्जु खरेल, सुप्रिया पराजुली, अर्कषण श्रेष्ठ, राजन तामाङ, सचिन राई, विवेक गजुरेल, निक्सन बखती, राजु लामा, दीक्षित थापा मगर, समृद्धि तिमल्सिना, स्नेहा मानन्धर, सुशीला राना मगर, मुना श्रेष्ठ, स्मृति कार्की, अञ्जना लामा, श्रुति बस्नेत, पुष्पा गुरुङ, सुजिता कार्की, सम्पदा गौतम, वर्षा थापा मगर, सविना तामाङ, अनुषा डुंगेल, सलोनी अधिकारी, मिस्टी तामाङ, सुदीक्षा अधिकारी, शिवम् तामाङ, विजय तामाङ, आभाष पुन मगर र सरगम थापा मगर गरी कुल ४५ जना बालबालिका सहभागी हुनेछन्।

सहभागी बालबालिकालाई सम्बन्धित विधाको विज्ञहरुद्वारा व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङको ज्ञानलगायतमा विषयमा तालिम र ज्ञान प्रदान गरिनेछ।