मन्त्रालयको अनुगमन टोली अनामनगरमा

0
Shares

खिम प्रसाद घिमिरे, काठमाण्डौ ।
नियमित बजार अनुगमनका क्रममा निस्कीएको अनुगमन टोलीले मंगलबार अनामनगर र घट्टेकुलोमा अनुगमन गरेको छ । आपूर्ती मन्त्रालयका शाखा अधिकृत गोविन्द प्रसाद लुईंटेलको नेतृत्वमा गएको टोलीले बजारमा अझै भद्रगोल अबस्था रहेको जानकारी दिएको छ ।

मन्त्रालयको अनुगमन टोलीले उपत्यकाको अनामनगर र घट्टेकुलो क्षेत्रको औषधि पसल र खाद्य पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश फर्म तथा पसलमा दर्ता नगरी संचालन गरेको, म्याद नाघेका सामान खुलेयाम बेचेको, मूल्य सूची नराखेको, निक्कै फोहोरमा व्यवसाय संचालन गरेको लगायतका समस्या देखीएको थियो ।

अनुगमनका क्रममा मासु, दूध तथा दुग्धजन्य पदार्थ, चामल, दाल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चकलेट, मिठाई तथा मिठाईजन्य पदार्थ, कच्चा पदार्थ, चियापत्ती र कफी, चिसो पेय पदार्थ, पीठो, क्यान जुस, औषधि, मदिरा, चिप्स, मम, तरकारी, खानेतेल र तयारी खाद्य लगायतमा कैफियत देखीएको छ । मन्त्रालयले अहीले उपभोग्य मिति सकिएका पेय पदार्थ, बिस्कुट, ड्राइ फुड्सलगायत वस्तु नष्ट गर्दै हिडिरहेको छ ।