सरकार !! सिद्धार्थ विश्वविद्यालयलाई किन स्वीकृत नदिएको ?


विश्वविद्यालयको भौतिक संरचना बनाउन लग्ने करिब १० अर्ब रुपैया तत्काल दाताहरुसँग सहयोग लिन सक्ने र स्वीकृति पाउँदासाथ विश्वविद्यालय सञ्चालन गर्न सक्ने क्षमता महास्थविर सँग रहेको उहाँको निकटतम्हरु बताउँछन् ।

रामकृष्ण चापागाईं,काभ्रे ।
नेपालमा मात्र हैन दक्षिण एसियाकै उत्कृष्ट बनाउने गुरुयोजना सहित सिद्धार्थ विश्वविद्यालय स्थापनार्थ दुई दशक अघिदेखि दौडधुप गरिरहेका डा. भिक्षु सुनन्द महास्थविर अझै थाकेका छैनन् ।

विश्वविद्यालय स्थापनाका लागि स्वीकृति लिन दुई दशकको दौडधुपमा राज्यको प्रशासनिक निकायले विनाकारण कतिसम्म दुख दिन्छ उहाले राम्रो संग चाल पाइसक्नु भएको छ । तरपनि सातदशक कटेको वुढौली जिवनमा पनि हिम्मत नहारी विश्वविद्यालय स्थापनाको लागि सरकारको स्वीकृत लिन अहोरात्र खटिरहनु भएको छ ।

वुद्ध जन्मेको देशमा बुद्धद्धारा प्रतिपादित नैतिक शिक्षा दिने लक्ष्य राखि मुलुकमा छुट्टै पहिचान राख्ने उच्च प्राज्ञिक शिक्षालय बनाउन विश्वविद्यालय स्थापनार्थ महास्थविर संगै लागिपरेका कतिपय विद्धानहरुको मृत्यु भैसकेको छ । कतिपय विदेश पलायन भैसके भने कतिपयलाई वुढौलीले छोइसकेको छ ।

काभ्रेको नालामा यो विश्वविद्यालय स्थापनाको लागि स्वीकृति लिन २०५२ साल देखि लगातार प्रयास भैरहेपनि सरकारी निकायले आश्चर्यजनक मौनता साधेर बसेको छ ।

यो विश्वविद्यालय स्थापनार्थ प्रयास हुनुभन्दा पछि कतिपय विश्वविद्यालयले रातारात स्वीकृति लिइसके । कतिपय विश्वविद्यालयले त सिद्धार्थ विश्वविद्यालयले बनाएको गुरुयोजना जस्ताको तस्तै पेश गरेर पनि स्वीकृति लिएको आरोप लागिरहेको छ ।

सिद्धार्थ विश्वविद्यालय स्थापनाको लागी स्थानीय स्तरबाट झण्डै १ हजार २ सय रोपनी जग्गा उपलब्ध भएको छ ।स्वीकृति पाउन सरकारी निकायलाई गुरुयोजना सहित आवश्यक कागजात वुझाएको बर्षौ भैसक्यो ।

भौतिक संरचना निर्माण र शैक्षिक संरचना निर्माणका लागि सबै योजना पेश गरिसकेका छौ ।
सिद्धार्थ विश्वविद्यालय स्थापनाको लागि आफुहरुले तयार पारेको योजनामा खोट लगाउने ठाउ कतै छैन भन्दै महस्थविर भन्नुहुन्छ– स्वीकृत नदिने हो भने के कति कारण स्वीकृत दिन नमिल्ने हो सरकारले स्पष्ट जवाफ दिनुप¥यो । ‘विश्वविद्यालय स्थापनाको लागि सरकारको माग अनुसार सबै कगजात र आदेश अनुसारको अन्य सबै काम पुरा गरिसकेपछि पनि स्वीकृती प्राप्त नहुनु दुखत कुरा हो’– उहाँ भन्नुहुन्छ ।

‘सरकार देश विकास गर्ने भन्छ । विभिन्न ठाउमा ठुला राजमार्ग बनाउने भन्छ । ठुला एयरपोर्ट बनाउने भन्छ । हामि दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालय बनाउछौ र देश विकासलाई टेवा दिन्छौ भन्दा वास्ता गर्दैन’ डा. महास्थविरले दुखेसो पोख्दै भन्नुभयो– स्वीकृति पाउनको लागि मैले अझै प्रयास गरिरहेको छु । मैले मेरो जिवनकालमा स्वीकृती ल्याउन सकिन भनेपनि अरुले स्वीकृति ल्याउने छन् र यहा विश्वविद्यालय स्थापना गरिने छ ।

विश्वविद्यालय स्थापनाको लागि ठुलो लगानी र मेहेनत चाहिन्छ । राजनीतिक अस्थिरत कायम रहेको र सरकारले ठुलो लगानी गरेर विश्वविद्यालय खोल्ने अवस्था नरहेको बेला महास्थविर जस्ता वौद्धिक व्यत्तित्वहरु दाता संग चन्दा संकलन गरेर उत्कृष्ट विश्वविद्यालय बनाउछौ भन्दा पनि सरकारले मौनता साधिरहेको छ ।

विश्वविद्यालयको भौतिक संरचना बनाउन लग्ने करिब १० अर्ब रुपैया तत्काल दाताहरुसंग सहयोग लिन सक्ने र स्वीकृति पाउदासाथ विश्वविद्यालय सञ्चालन गर्न सक्ने क्षमता महास्थविर संग रहेको उहाको निकटतम्हरु बताउछन् ।
सरकारको स्वीकृति लिन मन्त्रालय धाउदा धेरै दुख पाएका महास्थविरले एकसयम शिक्षा मन्त्रालयका सचिवले भनेको कुरा सुनाउदै नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘सरकारी निकायमा धेरै तहका भुतहरु छन् ।

त्यो भुत पन्छाउन पैशा चाहिन्छ । तपाई भुत पन्छाउन पैशा खर्च गर्नु हुन्न अनि कहा स्वीकृति पाइनछ त?’ तत्कालिन अवस्थामा शिक्षा सचिवले भनेको यो कुरालाई उहाले मुख्य सचिवलाई सुनाउनु भएको थियो । त्यतिवेला मुख्य सचिवले कुनै शिक्षा मन्त्रालयको सचिव विरुद्ध कुनै कारवाहि गरेका थिएनन् ।

ब्याचलर देखि पिएचडी सम्म अध्ययन अध्यापन गर्ने योजनाका साथ खोल्न लागिएको सिद्धार्थ विश्वविद्यालयले दुई दशक सम्म पनि स्वीकृति नपाएपछि डा महास्थविरले भन्नुभयो– विश्वविद्यालय स्थापनाको स्वीकृति लिन विश्वमा यति लामो समयसम्म प्रयास भैरहेको इतिहास छैन ।

विश्वविद्यालय सञ्चालनका लागि तत्कालिन अवस्थामा दुईसय भन्दा बढी सदस्य क्रियाशिल थिए भने बीस भन्दा बढी समितिहरु निर्माण गरि योजना बनाइएको थियो । आफ्नो देशमै केहि गरौं भन्ने उदेश्य लिई विश्वमै प्रचार हुने र विश्वबाटै सहयोग प्राप्त हुने अवस्थामा पनि सरकारले कीन स्वीकृति नदिएको आफुहरुले जवाफ मागिरहेको उहाले बताउनु भएको छ ।

सिद्धार्थ विश्वविद्यालय स्थापनार्थ लागिपर्नुभएका डा. महास्थविरले महामकुट बुद्धिस्ट युनिभर्सिटी बाट दर्शनशात्रमा बिए पास गर्नु भएको थियो भने बनारस हिन्दु विश्वविद्यालयबाट दर्शनशासत्रमै एमए पास गर्नु भएको थियो ।

अमेरीकाको हार्वार्ड विश्वविद्यालयबाट धर्मशास्त्र सम्बन्धि एमए पास गर्नु भएको थियो । उहाँले द अमेरिकन युनिभर्सिटी बाट दर्शनशास्त्रमा पिएचडि गर्नुभएको थियो ।