खराब जमानाको भिडियो

0
Shares

गायक सूर्य तिवारीको नयाँ गीत जमाना खराब छमाथि निर्मित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ। राजन इशानले गीतको एरेन्ज गरेका हुन्।

गीतको म्युजिक भिडियो श्रीधर पौडेलले छायांकन तथा निर्देशन गरेका छन्। भिडियोमा मिलन जलन र नायिका तथा मोडल वर्षा सिवाकोटीले मोडलिङ गरेका छन्। भिडियोमा पौडेलले समयसँगै बदलिएकी एक युवती र उनलाई प्रेम गर्ने युवाको कथा भनेका छन्। निशान घिमिरेले भिडियोको सम्पादन गरेका छन्।