खोटाङमा एक ब्यक्ति मृत फेला


रामधन राई,खोटाङ ।
चैत्र–२८, खोटाङमा बिहानै घरबाट हिँडेका ४९ वर्षीय एक ब्यक्ति खेतमा मृत फेला परेका छन् । बिहान घरबाट हिँडेका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ का लोकनाथ आचार्य सोही दिन साँझ खेतमा मृत भेटिएका हुन् ।

आईतबार अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा आचार्य आफ्नै स्वीटर सिरानी लगाइरहेको अवस्थामा मेवा खोला नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायब निरिक्षक मनोज यादवले बताउनुभयो ।

उनले विष सेवन गरेको हुनसक्ने आशंका गरिए पनि पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।