किंग्स इलेवेन ६ विकेटले विजयी

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
किंग्स इलेवेन पञ्जाबले इन्डियन प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा राइजिङ पुणे जायन्टस्लाई ६ विकेटले हराएको छ। इन्दोरमा भएको खेलमा राइजिङ पुणेले दिएको १ सय ६४ रनको लक्ष्य किंग्स इलेवेनले ४ विकेटको क्षतिमा ६ बल बाँकी राखी भेटाएको हो। यस सिजनको आईपीएलमा आफ्नो पहिलो खेल जित्ने क्रममा किंग्स इलेवेनका लागि कप्तान ग्लेन मेक्सवेलले विस्फोटक ब्याटिङ गरे।

म्यान अफ द म्याच मेक्सवेलले २० बलमै ४४ रन जोडेका थिए। उनले २ चौका र ४ छक्का प्रहार समेत गरे। डेविड मिलरले २७ बलमा ३० रन जोडेका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको राइजिङ पुणेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। टोलीका लागि बेन स्टोक्सले सर्वाधिक ५० रनको योगदान दिँदा मनोज तिवारीले ४० रन जोडे। किंग्स इलेवेनका बलरमा सन्दीप शर्माले दुई विकेट लिएका थिए।