विनोद खन्नालाई ब्लड क्यान्सर !

0
Shares

बलिउडका बिग बी अमिताभ बच्चनलाई समेत टक्कर दिन सफल आफ्नो जमानाका ख्यातिप्राप्त बलिउड अभिनेता विनोद खन्ना ब्लड क्यान्सरसँग जुधिरहेका चर्चा सामाजिक सञ्जालमार्फत् पैmलिएको छ। तर, यसबारे उनको परिवार र डक्टरले भने मुख खोलेका छैनन्।

शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको एक तस्वीरमा विनोद अत्यन्तै अस्वस्थ र कमजोर देखिन्छन्। जसमा उनका साथमा पत्नी कविता र छोरा साक्षी खन्ना देखिएका छन्। समाचारमा जनाइएअनुसार उनलाई डी हाइड्रेसनपछि अस्पताल भर्ना गरिएको थियो। उनका पुत्र राहुलले विनोदको स्वास्थ्यमा सुधार भइरहेको जनाएका थिए। अभिनेता खन्ना अन्तिम पटक २०१५ को फिल्म दिलवालेमा देखिएका थिए। त्यस बेला र अहिले भाइरल भएको उनको तस्वीरमा अत्यन्तै फरक देखिएको छ। उनी गुरुदासपुरबाट भाजपा सांसद रहेका छन्।