हेटौंडा, (नेस)
मकवानपुरको बकैया गाउँपालिकास्थित छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा बहिरंग सेवा (ओपीडी) र गर्भवती जाँच सेवा निःशुल्क हुने भएको छ। स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठकले दुई वटा सेवा निःशुल्क गर्ने निर्णय गरेको हो। प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिलाई पूर्णता दिँदै बैठक बसेको हो।
समिति अध्यक्ष तुल्सी गिरीले सोमबार व्यवस्थापन समिति गठन निर्देशिकामा भएको अधिकार प्रयोग गर्दै समितिलाई पूर्णता दिनुभएको हो।
समितिको उपाध्यक्षमा अर्जुनप्रसाद तिमल्सिना, महिला सदस्य सुष्मिता घोरसाइनी, नारायणप्रसाद चापागार्इं, भक्तबहादुर खत्री, शेरमान घलान, डा. अनु श्रेष्ठ सदस्य सचिव रहनुभएको छ। गिरीलाई तीन वर्ष कार्यकाल रहने गरी फागुन ५ गते मन्त्रीस्तरको निर्णयबाट अध्यक्ष नियुक्त गरिएको थियो। व्यवस्थापन समिति बैठकले प्राथमिक स्वास्थ्य केन्द्रले ओपीडी सेवा र गर्भवती जाँच सेवा निःशुल्क गर्ने निर्णय गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो।











प्रतिक्रिया